सूचनाको शक्ति - The Power Of Information

        

विद्यालयमा पनि आइतबार विदा

 सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरेको छ।

सरकारले शनिबार र आइतबार विदा दिने निर्णय गरेको हो। सरकारो निर्णयलाई कार्यन्वय गर्दै निजी तथा सरकारी विद्यालयहरुले पनि दुबै दिन विदा दिने तयारी थालेका छन्।

निजी विद्यालयहरुको छाता संगठन प्याव्सनले सरकारको निर्णयलाई स्वागत गर्दै आइतबार पनि विदा दिने तयारी थालेको छ।

 

प्याव्सनका अध्यक्ष डीके ढुगांनाले राज्यले बनाएको नियमलाई कार्यान्वयनमा लैजान आफूहरु सकारात्मक भएको बताए। उनले भने, ‘अधिकांश देशहरुमा हप्तामा दुई दिन विदा दिने चलन छ।

यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो। क्यालेन्डर समायोजन गर्नुपर्ने हुन्छ। शुक्रबार आधा समय शिक्षण त्यति प्रभावकारी पनि हुन सकेको थिएन।’

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म बढाएको थियो। सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९:३० बजेदेखि साँझ ४:३० सम्म सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी छ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १८:४५