सूचनाको शक्ति - The Power Of Information

        

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध बलात्कारको मुद्दा

दक्षिण भारतका अभिनेता तथा निर्माता विजय बाबुमाथि बलात्कारको मुद्दा दर्ता भएको छ ।

एक युवतीले फिल्ममा अभिनयका लागि भन्दै यौन शोषण गरेको आरोप लगाउदै केरला राज्य प्रहरीमा विजय विरुद्ध जाहेरी दिएकी हुन् ।

विजयले पटक –पटक आफुमाथि शारीरिक दुव्र्यवहार गरेको र यौन शोषण गरेको पीडित युवतीले दावी गरेकी छिन् । भारतीय संचारमाध्यम इण्डिया टुडेका अनुसार पीडितले आफ्नो उजुरीमा विजयले एर्नाकुलम स्थित आफ्नो अपार्टमेन्टमा फिल्म क्षेत्रमा राम्रो अवसर दिने आशवासन दिदै पटक –पटक यातना दिएको आरोप लगाएकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पीडितले गत अप्रिल २२ मा विजयविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । ती युवतीको नाम भने खुलाइएको छैन ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १८:४२