सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा विष्फोट हुँदा ४ जनाको मृत्यु, ४ घाइते

 पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका छन् । उनीहरुलाई लिएर गईरहेको भ्यानका चालक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । आत्मघाती विस्फोट गराउने ब्यक्ति महिला रहेको खुलासा भएको छ ।

पाकिस्तानको पृथकतावादी बलुच लिवरेशन आर्मी बीएलएले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तानमा बढ्दो चिनियाँ लगानीप्रति विरोध हुन थालेका बेला चिनियाँहरुलाई लक्षित गरी यो विष्फोट भएको हो ।

सो समूहले पाकिस्तानमा हालसम्म गरेको आक्रमणमा महिला आत्मघाती प्रयोग गरेको भने पहिलो पटक हो । यसैबीच पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

पाकिस्तान सरकारले पाकिस्तानी इतिहासको कायरतापूर्ण घटना भनेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०९:०१