सूचनाको शक्ति - The Power Of Information

        

जानकी गाउँपालिकालाई फुसको छाना रहित पालिका बनाउने छु : यादव

नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार हिमान्शु यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् ।

निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तरगत पालिकालाई फुसको छानो रहित बनाउने बताएका हुन् ।

युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको छानो फेरेर विशेष कार्यक्रम अन्तरगत जस्ताको छानो सहितको घर ब्यवस्थापनमा कार्य गर्ने बताएका छन् ।

हजारौं समर्थकका बिच सोमबार आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका यादवले आफुसंग पालिकालाई नयाँ ढंगले बिकासको मार्गमा अगाडी लैजाने थुप्रै योजना रहेको समेत बताएका छन् ।

बाँकेकै सबैभन्दा कान्छो प्रमुखको उम्मेदवार समेत रहेका हिमान्शु यादव नेपालगन्जका सफल ब्यवसायी समेत हुन् । परिवर्तन र नयाँ प्रविधि तथा बिदेशका सफल बिकास मोडेललाई आफ्नो पालिका तथा स्थानीय तहमा प्रयोग गर्ने सक्ने खुबी रहेको युवा नेताको रुपमा यादवलाई जानकीबासीले चिन्दै आएका छन् ।

गत निर्वाचनमा निर्वाचित जानकी गाउँपालिकाका अध्यक्ष स्वर्गीय राम निवास यादवको छोरा समेत रहेका हिमान्शु सबैका प्रीय उम्मेदवार समेत हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०८:१५