खजुरा गाउपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि नेपाल तरुणदल र वाइसीएलको सयुक्त युवा परिचालन समिती गठन भएको छ ।
वाईसिएल र तरुणदलको सयुक्त बैठकले दिनेश बुढा मगरको अध्यक्षतामा १२ जनाको गाउपालिका स्तरीय युवा परिचालन समिती गठन गरेको छ ।
समितीमा सह सयोजकमा तरुणदल खजुराका वरिष्ठ उपाध्यक्ष उत्सव सिजाली मगर र सदस्यमा तरुणदल खजुरा का सचिव असलम भाट ,बिष्णु पौडेल , सागर कार्की ,केदार गिरी ,कमल पुन , र वाईसिएलको तर्फ बाट नबिन गुरुङ्ग , गणेश थापा , मनोज बुढा मगर , दिपक थापा मगर ,र साकिर खा सहित गाउपालिका स्तरिय सयुक्त युवा परिचालन समिती गठन भएको हो ।
गठबन्धन का उम्मेदवार हरुलाई जिताउन को लागि युवा हामी युवा हरु को एउटा सशक्त समूह ले युवा परिचालन गर्ने प्रचार प्रसार गर्ने मतदाता हरुलाई गठबन्धन बारे जानकारी गराउने उद्देश्य ले सयुक्त रुपमा युवा परिचालन समिती गठन भएको समितीका अध्यक्ष दिनेश बुढा मगर ले बताएका छन ।
सत्यपाटी । बाँके ।