सूचनाको शक्ति - The Power Of Information

        

काेहलपुरमा काँग्रेसकाे बागी उम्मेदवारी

आसन्न स्थानिय तहकाे निर्वाचन नजिकिँदै जाँदा काेहलपुरमा नेपाली काँग्रेस भित्रकाे बिवाद छताछुल्ल भएकाे छ ।

काेहलपुर नगरपालिकाकाे मेयरमा पार्टिले कनिष्ठलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसका पुराना नेताहरूकाे समुहले मेयरमा बलराम शर्माकाे उम्मेदवारी दर्ता गरेसँगै काँग्रेसभित्रकाे विवाद सतहमा आएकाे हाे ।

काँग्रेसले युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि काँग्रेसका पूराना नेता शर्माले मेयरमा उम्मेदवारी दिएका हुन् । काँग्रेसले संगिता पौडेललाई उपमेयरको उम्मेदवार बनाएको छ ।

बाँके क्षेत्र नं. १ (ख) का सभापतिसमेत रहेका पुराना नेता बलराम शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरका निकटतम् प्रतिद्वन्द्वी भानुभक्त भट्टराई, कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, भुमबहादुर भण्डारीलगायत स्थानीय नेताले साथ दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दर्ता गराउन उनीहरु शर्मासँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
कोहलपुर नगरपालिकाको निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने देखिएको छ ।

एक्लै चुनाव जित्ने दाबीसहित माओवादी केन्द्रलगायत गठबन्धन दललाई पन्छाएको काँग्रेसमा पुराना नेता शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ०७:५४