सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

निर्वाचनका लागि देशभर १ लाख ४१ हजारकाे उम्मेदवारी दर्ता

३५ जनाले स्वतन्त्र उम्मेदवारी दिए

 निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघेको जनाएको छ ।

आयोगले आज (मंगलबार) बिहान १०ः३० बजे अध्यावधिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४१ हजार ४ सय ६८ पुगेको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३ सय १८, नगर उपप्रमुखमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ ।

गाउँपालिकाको अध्यक्षमा ३ हजार ३ सय ६ र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको हो । वडा अध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको पनि आयोगले जनाएको छ ।

यता, काठमाडौँ महानगरपालिकाको प्रमुखमा ५६ जनाले उम्मेदवारी दर्ता गराउँदा उपप्रमुखमा ३१ जनाको उम्मेदवारी परेको छ।

मेयरमा उम्मेदवारी दिने २१ जना विभिन्न दलका उम्मेदवार रहँदा ३५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जसमा ८ जना महिला रहेकाे निर्वाचन आयोगले जनाएकाे छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १८:१५