सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

बाँकेको आठ वटै पालिकाको मेयर र अध्यक्षमा ७३ जनाको उम्मेदवारी

यही बैशाख ३० गते निर्वाचन हुँदै

बाँके जिल्लाको आठ वटै पालिकाका लागि मेयर र अध्यक्ष गरी ७३ जनाको उम्मेदवारी परेको छ ।

बाँके जिल्ला निर्वाचन कार्यालयका अनुसार, बाँकेमा २ हजार ३ सय २९ जनाले मनोनयन दर्ता गरएका छन् । मेयर पदमा ३३ जना, उपमेयरमा २० जना, अध्यक्षमा ४० र उपाध्यक्षमा ३६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै वडा अध्यक्षमा ५१२ जना, खुला सदस्यमा ८७२ जना, दलित महिला सदस्यमा ३९२ जना, महलिा सदस्यमा ४२४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यही बैशाख ३० गते निर्वाचन हुँदैछ । गत आइतबार र सोमबार बाँकेको आठ वटै पालिकाका स्थानिय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपुर्णका साथ र्याली निकालेर उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

बैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, बैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामवली प्रकाशन तथा बैशाख १६ गते उम्मेद्वारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १८:०६