सूचनाको शक्ति - The Power Of Information

        

भारतमा एकै दिन ३० कोरोना संक्रमितको मृत्यु

भारतमा पछिल्ला दिनमा पुन: कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

भारतीय सञ्चारमा माध्यमका अनुसार सोमबार मात्रै भारतमा कोरोना भाइरसबाट ३० जनाले ज्यान गुमाएका छन्।

सो अवधिमा २ हजार ५ सय ४१ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना संक्रमित थिए।

नयाँ संक्रमितमध्ये १ हजार ८३ जना दिल्लीका मात्रै हुन्। भारतमा अहिलेसम्म ४ करोड ३० लाख ६० हजार ८६ जना संक्रमित भइसकेका छन्।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना संक्रमित अवस्थामै रहेको जनाएको छ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार ०९:३६