सूचनाको शक्ति - The Power Of Information

        

गायिका राधिका हमाल गाउँपालिका अध्यक्षमा सिफारिस

नेपाली कांग्रेस रोल्पाले लोक गायिका राधिका हमाललाई त्रिवेणी गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको छ ।

गायिका हमालले गाउँपालिका अध्यक्षमा आफ्नो नाम सिफारिस भएको जानकारी दिइन् । यद्यपी, आफूले उम्मेदवारी नदिने उनले बताइन् ।

‘वडादेखि नै मेरो नाम सिफारिस हुँदै आएको हो । यहाँबाट मैले गरेको योगदान हेरेरै अध्यक्षमा सिफारिस भएकी हुँ । तर, अहिले मेरो स्वास्थ्यस्थिति ठिक छैन्, उनले भनिन्, ‘उहाँहरूले सम्मान एवं विश्वास गरेर सिफारिस गर्नुभएपनि म उम्मेदवार हुन नसक्ने भएकी छु ।’

स्वास्थ्यका कारण आफूले उम्मेदवारी नदिई अरुलाई नै समर्थन गर्ने गायिका हमालले बताइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०९:२९