वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उहाँ छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि गएको वैशाख १ गते ललितपुरको किष्ट अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि हिजो डिस्चार्ज गरिएकोले अस्पतालले जनाएको छ ।
यसभन्दा अघि पनि स्वास्थ्यमा समस्या भएपछि उहाँ एक हप्ताको उपचारपछि गएको फागुन २ गते डिस्चार्ज हुनु भएको थियो।
बितेको तीन वर्षदेखि शताब्दी पुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।
सत्यपाटी । काठमाडौँ ।