सूचनाको शक्ति - The Power Of Information

        

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी हुनु भएको छ ।

जितसँगै ४४ वर्षका उहाँ पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बन्नु भएको छ ।

राष्ट्रपतिकाे चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराउनु भएको हो । उहाँले ५७ देखि ५८ प्रतिशत मत पाउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मत परिणामको आधिकारिक तथ्याङ्क आउनु अगाडि र औपचारिक घोषणा हुनु अगाडि नै उहाँका प्रतिस्पर्धी नेता ली पेनले हार स्वीकार गरेका खबरमा उल्लेख छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०८:४०