सूचनाको शक्ति - The Power Of Information

        

अन्तिम समयसम्म कसरत गर्दै सत्ता गठबन्धन

सत्ता गठबन्धनले मनोनयन दर्ता गर्नु अघिसम्म गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गर्ने कोसिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साझँ बसेको सत्ता गठबन्धनको बैठकले सम्भव भएसँग गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो।

महानगर र उपमाहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता गठबन्धनबीच अधिकांश स्थानीय तहमा भने चुनावी गठबन्धन बन्न सकेको छैन् ।

प्रचण्डको स्वकीय सचिव रमेश मल्लले उम्मेदवारी दर्ता गर्नु अघिसम्म पनि सिट बाँडफाँडमा सहमति गरेर चुनावी तालमेल गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बिहान पाँचै पार्टीका शीर्ष नेताहरूबीच बैठक बसेर बाँकी रहेका ठाउँमा गठबन्धन गर्ने समझदारी बनेको छ ।

यो समचार आजको नेपाल समाचारपत्र दैकिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ०८:३६