सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगरकी उप–प्रमुख ढकालसहित ३३ जनाले दिए राजीनामा

नेकपा एमालेले वीरेनद्रनगर नगरपालिको मेयरमा उम्मेदवार बनाएपछि मोहनमाया ढकाले पदबाट राजीनामा दिएका छन् ।

आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गदै ढकालले वीरेन्द्रनगरको उप–मेयरको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

यस्तै, उप–प्रमुख ढकालसागै ३३ जना जनप्रतिनिधिले जिन्सी सामग्री नगरपालिकालाई हस्तान्तरण गरेर राजिनामा दिएका छन् ।

राजीनामा दिँदै ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको विकासका लागि साझा मुद्दामा एक भएको बताइन् ।

ढकालले सबैको साथ र समर्थनले काम गर्नमा सहज, सुशासन, समृद्धि र विकासमा प्रतिबद्ध रहेर काम गर्न सफल भएको र नगरबासीलाई समृद्धिको यात्रामा लैजान नगरपालिका कर्मचारी लगायतको साथ र समर्थन भरिपूर्ण रहेको समेत उल्लेख गरिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार १८:०९