मतपत्रको डिजाइन परिवर्तन नगर्न एमालेको आयोगलाई पत्र
सत्यपाटी । काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशका ६ वटा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरुको मात्रै चुनाव चिन्ह छाप्ने निर्वाचन आयोगको निर्णयप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।
आयोगलाई नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले पत्र लेखेर आयोगको त्यो कार्य गठबन्धनका दलहरुलाई फाइदा पुग्ने आशयबाट प्रेरित भन्दै ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
निर्वाचन सुरु भइसकेपछि नियम र मतपत्रको डिजाइन परिवर्तन गर्न नहुने र त्यस्तो काम आयोगबाट हुने छैन भन्ने कुरामा एमाले विश्वस्त रहेको पत्रमा उल्लेख छ ।
अनलाइन संचार माध्यमहरुले आयोग सूत्रका अनुसार भनेर भक्तपुरका ४ पालिका र ६ महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेको उम्मेदवारबाहेक अन्य उम्मेदवारको निर्वाचन चिन्ह हटाइ मतपत्र छपाइ हुने भनी प्रकाशित समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको आयोगलाई लेखिएको पत्रमा उल्लेख छ ।
सत्यपाटी । काठमाडौँ ।