सूचनाको शक्ति - The Power Of Information

        

बुद्ध एयरको जहाजको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ ।

नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो ।

प्रहरीले डलर बरामद गरि अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार १७:५८