पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज आइतवार भने उच्च अङ्कले बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई हजार चार सय २० दशमलव ९१ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेको दिन बीमा, जलविद्युत्, फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३८ वटा कम्पनीका ६६ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर २२ करोड रुपैयाँमा किनबेच भयो । आज बेस्ट फाइनान्स, नेशनल हाइड्रोपावर लगायतका १२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज जम्मा चार वटा कम्पनीको शेयर मात्रै घटेको छ ।
सत्यपाटी । काठमाडौँ ।