सूचनाको शक्ति - The Power Of Information

        

जापानमा २६ जना सवार पर्यटकीय डुङ्गा बेपत्ता

जापानको उत्तरी होकाइडो टापु नजिकै पर्यटक बोकेको डुङ्गा बेपत्ता भएको कोस्ट गार्डले जानकारी दिएका छन् । डुङ्गामा २६ जना सवार रहेको बताइएको छ ।

यसमध्ये २ जना जना बालबालिका र २ जना चालक दलका सदस्य रहेका थिए । स्थानीय समयअनुसार शनिबार १ बजेर १५ मिनेट जाँदा डुङ्गाले पानी पसेर समस्यामा परेको सन्देश पठाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार डुङ्गामा सवारमध्ये चार जनालाई फेला पारेको र उनीहरूलाई उपचारलाई लगिएको छ । काजु वान नाम डुङ्गा शिरेटोको प्रायद्वीपमा ३ घण्टा लामो दृश्यावलोकनका लागि गएको बताइएको छ ।

यो क्षेत्र युनेस्कोको सम्पदाको सूचीमा रहेको छ । कोस्ट गार्डले उद्धारका लागि प्रहरी र सेनासहित स्थानीयहरू खटिएका छन् । स्थानीय समयअनुसार ३ बजे डुङ्गा डुब्न लागेको खबर प्राप्त भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ०९:४२