सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

मध्य र पश्चिम तराईमा तातो हावा, जनजीवन कष्टकर

दिउँसोको समयमा घर बाहिर ननिस्कन आग्रह

मध्य र पश्चिम तराईमा लगातार तातो हावा चलिरहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाका अनुसार केही दिनयता मध्य र पश्चिम तराईमा बिस्तारै तातो हावा चल्ने र तापक्रम बढ्ने क्रम चलिरहेको छ ।

पश्चिमी वायुको प्रभाव र यी क्षेत्रका धेरैजसो ठाउँमा डढेलो लागेकाले तातो हावा चल्न थालेको उहाँले बताउनुभयो । कञ्चनपुर, कैलाली, नेपालगञ्ज, दाङ, कपिलवस्तु, भैरहवा लगायत जिल्लामा तातो हावा चल्ने क्रम बढेको छ ।

आउँदो बुधवार र बिहीवारसम्म नै यी जिल्लामा तातो हावा चल्ने अनुमान गरिएको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । तातो हावासँगै तापक्रम पनि बढिरहेकाले मध्य र पश्चिम तराईको जनजीवन कष्टकर हुन थालेको छ ।

मौसमविद्ले सकेसम्म दिउँसोको समयमा घर बाहिर ननिस्कन आग्रह गरेका छन् । आउँदो बुधवार र बिहीवारपछि भने हल्का पानी पर्ने र तापक्रम केही घट्ने अनुमान गरिएको छ ।

यस्तै, यस विषयमा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै निकालेर जानकारी गराउने भएको छ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ०८:४१