सूचनाको शक्ति - The Power Of Information

        

काफल खान चढेको रूख ढल्दा बाजुरामा सात जना बालक घाइते

बाजुराको बडीमालिका नगरपालिकामा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन् ।

बडीमालिका नगरपालिका–८ खर्रामा वनमा पुगेर काफल खान रुख चढेका बेला ढलेर सात जना बालक घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् ।

घाइतेमध्ये तीन जना बालकको अवस्था गम्भीर रहेको छ । घाइते सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ०८:३१