सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन:

स्थानीय तह निर्वाचनको घोषणापत्र आज सार्वजनिक गर्दै कांग्रेस

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रम

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगातका कार्यक्रमलाई प्राथमिकताका साथ समेटिएको बताए ।

महामन्त्री थापा नेतृत्वको घोषणापत्र तयारी समितिमा यसअघि स्थानीय तहमा अनुभवप्राप्त जनप्रतिनिधिसँगै विकास तथा पूर्वाधार विज्ञ, अर्थ विज्ञलगायत सहभागी थिए ।

यसअघि नेकपा एमाले, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ०७:३४