सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्न के–के कागजात चाहिन्छन् ? (सूचीसहित)

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आईतबार र सोमबार उम्मेदवारी दिने समय राखेको छ ।

आयोगले उम्मेदवारी दिन इच्छुक व्यक्तिले आवश्यक कागजात लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन भनेको छ ।

उक्त दुई दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन निम्न बमोजिम कागजातहरु आवश्यक रहेको जनाएको छ ।

प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्ष पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,
३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,
४. सम्बन्धित पालिकाको कुनै एक वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
५. उम्मेदवारको स्वघोषणा

वडाध्यक्ष र सदस्य पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,
३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,
४. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
५. उम्मेदवारको स्वघोषणा

दलित महिला वडा सदस्य पदका लागि

१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
२. धरौटी राखेको बैंक भौचर वा नगद रसिद,
३. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र,
४. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा,
५. उम्मेदवारको स्वघोषणा,
६ सम्बन्धित पालिका वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणपत्र

आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी प्रमुख वा उपप्रमुख तथा अध्यक्ष वा उपाध्यक्षले १५०० रूपैँया, वडाध्यक्षले १००० र वडा सदस्यले ५०० रूपैँया तोकेको छ ।

महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशतले छुट पनि दिइने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतवार ०६:५२