जुम्लाको तिला गाउँपालिका ३ मा एक घरमा आगलागी हुँदा एकै परिवारका तीनसहित चार बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र १ वर्षीय दिपेश सार्की छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार स्थानीय मानसिंह सार्कीको घरमा गएराति ११ बजेको समयमा आलगागी भएको थियो ।
मृत्यु हुनेहरुमा तीनजना मानसिंहका छोराछोरी रहेको र १४ वर्षीया तिर्सना मानसिंह सार्कीकी भान्जी रहेको डीएसपी चन्दले बताए ।
तिर्सना मामाको घरमा आएकी थिइन् । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
सत्यपाटी । जुम्ला ।