सूचनाको शक्ति - The Power Of Information

        

गीत/संगीत

एकीकृत समाजवादीको नयाँ गीत, ‘हाम्रो अठोट, कलममा भोट’

गीतमा नेकपा एमालेको नौं महिने सरकारमा माधव नेपालले गरेका जनउत्तरदायी कामहरुका साथै नेपाली कम्प्युनिष्ट आन्दोलनका बारेमा समेत चर्चा गरिएको छ ।

माधव नेपाल र झलनाथ खनाल नेपाली कम्प्युनिष्ट आन्दोलनका धरोहर मानिन्छन् । सादगी र वैचारिक नेताका रुपमा चिनिने नेपाल–खनालले लामो समय नेकपा एमालेको नेतृत्वमा रहेर नेपाली कम्प्युनिष्ट आन्दोलनलाई उचाइँमा पुर्याउन सफल भए ।

जब नेकपा एमाले केपी शर्मा ओलीको हातमा पुग्यो, त्यसपछि नेकपा एमालेमा मात्रै नभएर नेपाली कम्प्युनिष्ट आन्दोलन एकपछि अर्को गर्दै कलङ्कित बन्न थाल्यो । कहिले ओम्नी, कहिले यती, कहिले बतास त कहिले गिरीबन्धु टी स्टेटका नाममा एमाले अध्यक्ष ओलीले नेकपा एमालेलाई कलङ्कित बनाए ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकतापछि बनेको नेकपालाई समेत कलङ्कित बनाउँदै संसद् विघठनसम्मका कर्तुतहरु दुई दुई पटक गर्न भ्याए । ओलीका ओम्नी, यती, बतास र चिया बगानका विरुद्ध एकढिक्का भएर उभिएका नेपाल–खनालले ओलीले गरेको संसद् विघटनलाई साथ दिएनन् ।

संसद् विघठनकै खटपटबाट सुरु भएको नेपाली कम्प्युनिष्ट आन्दोलन बचाउ अभियान स्वरुप माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । अहिले देशभर नेकपा एकीकृत समाजवादीले आफ्ना गतिविधि र संगठनहरुलाई चुस्त बनाउँदै स्थानीय तहको निर्वाचनमा होमिरहेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँएसँगै आधिकारिकरुपमा ‘हाम्रो अठोट, कलममा भोट’ भन्ने नारासहित नेकपा एकीकृत समाजवादीको नयाँ गीत सार्वजनीक भएको छ । गीतमा नेकपा एमालेको नौं महिने सरकारमा माधव नेपालले गरेका जनउत्तरदायी कामहरुका साथै नेपाली कम्प्युनिष्ट आन्दोलनका बारेमा समेत चर्चा गरिएको छ ।

लामो समय नेकपा एमालेको नेतृत्व गरेका नेपाल–खनालले विभिन्न वृद्धवृद्धाको संरक्षणका लागि ल्याएको वृद्ध भत्ताको कार्यक्रमदेखि आफ्नो गाउँ आफै बनाउँ जस्ता लोकप्रिय कार्यक्रम जनतामाझ ल्याएर नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाइँमा पुर्याएको पनि गीतमा चर्चा गर्दै सन्देश दिइएको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दामोदर अर्यालले रचना गरेको गीतमा नेपालमा सुरुङ्गमार्गको सुरुवातदेखि सुकुम्बासीलाई जग्गा दिनेसम्मका लोकप्रिय कामहरु नेपाल–खनालकै पालामा गरिएको चर्चा गर्दै गीतमा नेपाल–खनालकै नेतृत्वमा समृद्धि र लोकतन्त्रको रक्षाका लागि आन्दोलनहरु भएको पनि सन्देश दिइएको छ ।

‘आयो आयो आयो आयो नेकपा (एस)’ भन्दै गीतमा भनिएको छ, ‘संसद् भङ्ग गर्दा छाती थापी लड्ने, पार्टी फोड्ने मान्छेलाई खबरदारी गर्ने, मनमोहन र मदनका विचार बोक्ने हामी, कलमको चिह्न बोकी आयौं हामी, विदेशीका नेपालीलाई फर्काउनु छ देश, आयो आयो आयो आयो नेकपा (एस)………।’

नेपाली कम्प्युनिष्ट आन्दोलनका नेतृत्वकर्ता नेपाल–खनालले गरेका जनप्रिय कामहरुका बारेमा सन्देश दिन रचिएको गीतको विपी वाग्लेले संगीत भरेका छन् भने गीतमा रिता केसी र विपी वाग्लेकै स्वर तथा राजेन्द्र बजगाईले एरेन्ज गरेका छन् । गीतको भिडियो दृष्य शिशिर पाण्डेले सम्पादन गरेका छन् ।

हेर्नुस् भिडियो…

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १७:०१