सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

एमालेले गर्‍यो निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

स्थानीय निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीसहितका नेताहरु ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा मंगलधुन बजाएर निर्वाचनको घोषणापत्र सार्वजनिक भएको हो ।

‘निर्वाचनको सन्दर्भमा पार्टी केन्द्रीय कमिटीका तर्फबाट स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गरेर हामीले सार्वजनिक गरेका छौं,’ एमाले महासचिव शंकर पोखरेलले भने ।

आजै एमालेको थापाथलीस्थित केन्द्रीय कार्यालय पनि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सारिएको छ । जसको उद्घाटन अध्यक्ष ओलीले केहीबेर अघि गरेका थिए ।

घोषणापत्रको पूर्णपाठ :

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार १५:१७