सूचनाको शक्ति - The Power Of Information

        

उपकार लघुवित्तको आईपीओको नतिजा कसरि हेर्ने ?

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ ।

मागभन्दा बढी आवेदन परेकै कारण लघुवित्तको आईपीओ गोलाप्राथबाट बाँडफाँड गरिएको हो । जसअनुसार भाग्यमानी २२ हजार ११५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तिनैमध्ये २० कित्ता माथि आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन् ।

आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै सार्वजनिक गरिने छ । आईपीओको नतिजा मेरो सेयर, सीडीएससीको iporesult.cdsc.com.np र धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइटमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ०९:३५