सूचनाको शक्ति - The Power Of Information

        

मौसम अपडेट: आज प्रदेश १, बागमती र गण्डकीमा वर्षा

मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल नेपालमा बिहार र पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

यतिबेला सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

आज दिउँसो गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ०८:१६