सूचनाको शक्ति - The Power Of Information

        

पल प्रकरणमा नवलपुरमा पनि करणी नभएको बकपत्र

एक नाबालिग गायिका करणीको अभियोग लागेर थुनामा रहेका नायक पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरमा बकपत्र दिने काम जारी छ।

यस क्रममा शुरुमा पीडित बालिकाको बकपत्र लिइएको थियो। बुधबार बकपत्रमा बालिकाले पल निर्दोष रहेको बताएकी छन्।

बकपत्र दिँदै बालिकाले पलसँग आफ्नो कुनै शारीरिक सम्पर्क नभएको बताएको अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले बताए।

यसअघि, तनहुँ जिल्ला अदालतमा पनि पीडित बालिकाले पल निर्दोष रहेको बकपत्र दिएकी थिइन्। बालिकाले आफूले दिएको जाहेरीमा के लेखिएको थाहा नभएको र अरुको दबाबमा परी जाहेरी दिएको तथा पल शाह निर्दोष भएको र सँगै काम गर्ने कलाकार रहेको बकपत्र दिएको अदालत स्रोतले जनाएको छ।

बिहीबार पनि वादी प्रतिवादीहरुसँग बकपत्र लिने क्रम जारी रहेको तथा बालिकाका बाबु र अन्य दुई साक्षीको बकपत्र लिने काम सकिएको बताइएको छ।

अदालतले चिकित्सकलगायत पलतर्फका साक्षीहरुको बकपत्र लिने काम सक्न अझै एक दिन लाग्ने जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार ०८:११