चुनावी गठबन्धनमा रहेका पाँच दलले देशका प्रमुख शहरहरुमा संयुक्त चुनावी सभा गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार आगामी वैशाख १८ देखि २३ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय भएको हो । निर्वाचन नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनले चुनावी सभा आयोजना गर्न नसकेको भन्दै टिकाटिप्पणी सुरु भएको थियो ।
त्यस्तै, समितिको बैठकले निर्वाचन प्रचारप्रसारलाई व्यवस्थित बनाउनका व्यवस्थित भएर लाग्ने निर्णय पनि गरेको छ । गठबन्धनले सत्तारुढ गठबन्धनले ६ वटै महानगर र ११ वटा उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाइसकेको छ ।
कहाँ कहिले ?
सत्यपाटी । काठमाडौं ।