सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन:

एमालेकाे सचिवालय बैठक बस्दै, उम्मेदवारबारे छलफल हुने

प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित

आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ ।

मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले बताए ।

एमालेको चुनावी घोषणापत्रको सस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०९:११