सूचनाको शक्ति - The Power Of Information

        

सेनाको गणभित्र गोली चल्यो, महिला सैनिक गम्भीर घाइते

 कपिलवस्तुस्थित नेपाली सेनाको शमसेर दल गण भित्र गोली चलेको छ ।

बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी छन।

बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गणभित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतको दावी छ ।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले घटनाकाे विषयमा केही जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

राजवंशी आफैंले गोली चलाएको दावी गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०७:५०