सूचनाको शक्ति - The Power Of Information

        

मौसम अनुमान

तीन दिनको मौसम : आज चट्याङसहित वर्षाको सम्भावना

आज (बिहीबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगका केही र देशका बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना छ ।

यस क्रममा काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विष्णु घिमिरेले जानकारी दिए । ‘वर्षाको सम्भावना हिजो (बुधबार)को जस्तै छ,’ मौसमविद् घिमिरेले भने ।

यस्तै राति गण्डकी, बागमती र प्रदेश १ का थोरै तथा देशका बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

जसमा भनिएको छ, देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाका अनुसार हाल नेपालकौ मौसममा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

यस्तो छ, तीन दिनसम्मको मौसम अनुमान
वैशाख ८ गते बिहीबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

वैशाख ९ गते शुक्रबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ ।

वैशाख १० गते शनिबार

दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार ०७:०६