सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहको निर्वाचन:

गठबन्धनले भागबन्डा टुंगाउन सकेन, अर्को बैठक आज फेरी बस्ने

११ उपमहानगरमा कुरा मिल्न बाँकी

सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट टुंगाउन असफल भएको छ ।

गएराती बसेको बैठकमा पनि ठोस निर्णय हुन नसकेपछि गठबन्धनको बैठक आज ११ बजेका लागि बोलाइएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार छलफल जारी नै रहेको र अर्को बैठक ११ बजे बस्ने भएको हो ।

गएराती १० बजे बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुंगाउने बताइएको थियो । दलहरुबीच महानगरको विषयमा मोटामोटी सहमति भएपनि ११ उपमहानगरमा कुरा मिल्न बाँकी रहेको बुझिएको छ ।

गठबन्धनबीच ६ महानगरमा भने काठमाडौँ, ललितपुर र विराटनगर काँग्रेसलाई, भरतपुर माओवादीलाई, पोखरा एकीकृत समाजवादीलाई र वीरगन्ज जसपालाई दिने गरी सहमति गरिदै छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार ०७:३१