सूचनाको शक्ति - The Power Of Information

        

महानगरमा गठबन्धनमा सहमति :

तीनवटा कांग्रेसलाई, माओवादी, जसपा र एसकाे भागमा एक-एकवटा

सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै

सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो ।

सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ ।

यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।

भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १८:३०