पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज मङ्गलवार भने बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो । नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि दिव्येश्वरी हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।
सत्यपाटी । काठमाडौँ ।