सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीलाई पोखरा महानगरको प्रमुख दिने सहमति

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीलाई दिने सत्ता गठबन्धन दलहरुबीच सहमति भएको छ । मंगलबार दिउँसो बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो सहमति गरकोे हो ।

अन्य महानगरपालिकाको नेतृत्व कसले पाउने भन्ने विषयमा गठबन्धनका दलहरुले सोमबार नै करिबकरिब सहमति जुटाइसकेका थिए । तर पोखरा महानगरपालिकाको हकमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको थियो ।

सहमति अनुसार तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक–एक महानगरको नेतृत्व लिने भएको छ । कांग्रेसलाई काठमाडौं, ललिपुर र विराटन महानगरपालिकाको प्रमुखमा दिने सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रलाई भरतपुर, जसपालालाई वीरगंज महानगरपालिका दिने सहमति भएको स्रोतले जानकारी दियो । गठबन्धनको बैठकमा पोखरा एकीकृत समाजवादीलाई दिनु अघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पोखराका नेताहरुलाई भेटेका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार १६:५१