सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघले आज स्थापना दिवस मनाउँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस मनाउँदै छ ।

विद्यार्थी संघले आज स्थापना दिवसको अवसरमा नेविसंघको संस्थापक कार्यसमितिको सम्मान, नेविसंघ एप सार्वजनीकरण रआगामी निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्ठी कार्यक्रम गर्न लागेको हो ।

मंगलबार विहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने उक्त कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्थापन दिवसमा नेविसंघले आफ्ना संस्थापक सदस्यलाई सम्मान गर्ने लागेको बताए । उनले भने, ‘नेविसंघ तयारी समिति र संस्थाक कार्यसमितिका सदस्यलाई सम्मान गर्दैछौं ।

तयारी समितिमा ८ जना हुनुहुन्छ । संस्थापक कार्यसमितिका १४ जना सदस्य हुनुहुन्छ । जसमा ४ जनाको निधन भइसकेको छ । बाँकी आज उपस्थिति हुने सबैलाई सम्मान गर्न लागेका हौं ।’

कार्यक्रममा उपस्थित हुन नसक्नेको घरमै गएर सम्मान हस्तान्त्ररण गरिने शेर्पाले बताए । उनका अनुसार स्थापना दिवसका अवसरमा नेविसंघले आफ्नो एप सार्वजिनक गर्दै छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०९:४८