सूचनाको शक्ति - The Power Of Information

        

एमालेको घोषणापत्र अनुमोदन :

चुनाव सार्ने षड्यन्त्र भएमा कडा प्रतिवाद गर्ने एमालेकाे निर्णय

थप १२ केन्द्रीय विभागलाई पूर्णता

पालिका चुनावका लागि नेकपा एमालेले तयार पारेको घोषणापत्रको मस्यौदालाई पारित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा हिजो बेलुका बसेको बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

एमालेले यही वैशाख ९ गते शुक्रवार केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सदस्यीय पुर्याएको छ । त्यस्तै, बैठकले थप १२ केन्द्रीय विभागलाई पूर्णता दिनुका साथै केन्द्रीय सम्पर्क समन्वय कमिटीमा ५१ जनालाई मनोनीत गरेको छ ।

एमालेले पालिका चुनाव सार्ने षड्यन्त्र भएमा त्यसको कडा प्रतिवाद गर्ने निर्णय पनि गरेको उपमहासचिव गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०९:२६