सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा विहानै भूकम्पको धक्का महसुस

बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३ मिनेटमा भुकम्पको पराकम्पन गएको छ ।

बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङ सहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ०७:११