सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, म्याकबुक तथा आइफोनसहित एक जनालाई पक्राउ गरेको छ।

सोमबार जजिरा एयरको उडानबाट दुबईबाट कुवेत हुँदै काठमाडौं आएका एक व्यक्तिबाट सो सामान बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

कैलालीको कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया पक्राउ परेका हुन्। उनको गतिविधि शंकास्पद लागेपछि विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

चेक गर्दा उनीबाट १० लाख ४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो। ३ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको ४० ग्राम सुन, एउटा दुई लाख ६० हजार बराबरको म्याकबुक र तीन वटा ३ लाख ९५ हजार बराबरको आइफोन बरामद भएको कार्यालयले जनाएको छ।

थप अनुसन्धानको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १८:२४