नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि बोलाइएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्रलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा बेलुकी छ बजे बस्दै बस्ने उनको भनाइ छ ।
त्यसअघि विहान ११ बजे केन्द्रीय कार्यालयको बैठक पार्टी अफिस थापाथलीमा बस्ने तय भएको छ ।
सत्यपाटी । काठमाडौँ ।