इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ ।
गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्सलाई ३ विकेटले हराउँदै नवप्रवेशी टोली गुजरातले पाँचौँ जित दर्ता गरेको छ ।
चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा डाभिड मिल्लरले ९४ रनको अर्धशतकीय पारी खेले ।
यस्तै, कप्तान राशिद खानले ४०, अभिनव मनोहरले १२ र हृदिमन साहले ११ रन बनाए । चेन्नईका ड्वाने ब्राभोले ३, महेष थिकसनाले २, रविन्द्र जडेजा र मुकेश चौधरीले एक/एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।
चेन्नईका रुतुराज गायकवाडले ७३ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै, अम्बाती रायडुले ४६, कप्तान रविन्द्र जडेजाले २२ तथा पशवम दुबेले १९ रन जोडे। गुजरातका अल्जारी जोसेफले २ विकेट लिए भने मोहम्मद शामी र यश दयालले एक/एक विकेट लिए ।
जितसँगै गुजरातले ६ खेलमा १० अङ्क जोडेको छ । गुजरात शीर्ष स्थानमा यथावत् रहेको छ । चेन्नईको भने यो पाँचौँ हार हो । चेन्नई दुई अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।
सत्यपाटी । काठमाडौँ ।