सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा पुनः गिरावट

साताको पहिलो दिन आइतबार पुनः शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

नेप्से २९ अंकले घटेर २३ सय ८५ अंकमा आएर थामिएको छ । आइतबार सबै समूहका परिसुचक राताम्मे रहे ।

सबैभन्दा धेरै वित्त, होटल तथा पर्यटन र जलविद्युत समुहको उपसूचक २ प्रतिशतभन्दा धेरैले घटे । आइतबार पनि नेष्डो लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लाग्यो ।

यस्तै, जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ता पनि कमाउने सुचिमा अग्रस्थानमा रहँदा हिमालयन उर्जा, इमर्जिङ् नेपाल, राष्ट्र उत्थान लघुवित्तका शेयर मूल्य उच्च दरले घट्यो ।

आइतबार २ सय ३३ कम्पनीको ३४ लाख कित्ता शेयर १ अर्ब ४४ करोडमा खरीदविक्री भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १८:३३