सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एमालेले टुंग्यायो पाँच पालिकामा उम्मेदवार

नेकपा एमाले बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ । अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लगाएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।

सचिव खत्रीका अनुसार नेपालगन्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार बनाएको छ ।

कोहलपुर नगरपालिका,बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी छ । यी पालिकामा धेरै जनाले इच्छा देखाएकाले मिलेर आउन आग्रह गरिएको छ । ६ गतेसम्म मिलेर नआए प्रदेश कमिटिमा सबैको नाम पठाउने तयारी भएको छ ।

२०७४ सालको चुनावमा एमाले आठ वटामध्ये चार पालिका जितेको थियो । नेपालगन्ज उपमहानगरका २३ वटा वडामध्ये सात वटा वडामा सर्वसम्मत भएको छ । अरुमा धेरैको नाम आएकाले छलफलको क्रममा रहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १८:३३