सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा १२ जनामा काेराेना पुष्टि, ३६ जना निकाे

पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३६ जना कोरोना सङ्क्रमणबाट निकाे भएसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या तीन सय ७५ जनामा झरेकाे छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन ।

यसैबीच पछिल्लो २४ घण्टामा ६ हजार सात सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १८:३१