सूचनाको शक्ति - The Power Of Information

        

लुक्ला उडेको जहाजको इन्जिन फेल भएपछि…

काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिन फेल हुँदा आकस्मिकरुपमा काठमाडौं फिर्ता ल्याइएको छ ।

समिट एयरको लुक्लाका लागि प्रस्थान गरेको जहाजमा १५ जना यात्रु र तीनजना चालक दलका सदस्य रहेका थिए । विमानलाई आकस्मिकरुपमा अवतरण गराइएको थियो ।

विमानको इन्जिनमा समस्या आएको जानकारीपछि काठमाडौं नै फिर्ता ल्याइएको थियो । जहाजको लुक्ला पुग्नै लागेको बेलामा बायाँ इन्जिनले काम नगरेको र उक्त इन्जिन बन्द गराएर काठमाडौं आकस्मिक अवतरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलका अनुसार एउटा इन्जिनको सहायताले जहाजलाई काठमाडौं अवतरण गराइएको हो । जहाज अवतरण गर्ने क्रममा छोटो समयका लागि अन्य विमानलाई उडान एवम् अवतरण गराइएको थिएन ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार १७:४५