सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा जिप दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए ।

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएका हो ।

दुर्घनामा बोहराका २७ बर्षिय छोरा विनोद बोहराको घटनास्थलमै ज्यान गएको छ भने जयपृथ्वी नगरपालिका ११ की १०१ बर्षिय भुजी देवी देउरुखी, सुर्मा गाउँपालिका २ की १९ बर्षिया अन्जु बोहरा र सोहि ठाउँकी ४० बर्षिया सिन्की बोहरा गरी ३ जना घाइतेको भएका हुन् ।

घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने, अन्जु बोहराको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

प्रहरीका अनुसार जीप गएराति १२ ः४० बजे दुर्घटना भएको हो । जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट डिएसपी ज्ञान बहादुर विष्ट सहितको टोली घटना स्थल तर्फ गएको र नेटवर्कको समस्याका कारण घटना केकति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सुचना अधिकारी चौधरीले बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार ०८:५३