सूचनाको शक्ति - The Power Of Information

        

भारतमा दुई समुदायबीच झडप हुँदा दर्जनाैं घाइते

भारतीय राजधानी नयाँ दिल्लीमा हनुमान जयन्ती मनाउने क्रममा दुई समुदायबीच झडप हुँदा दर्जनाैं घाइते भएका छन् ।

पश्चिम दिल्लीको जहाँगीरपुरी इलाकामा भएको घटनामा घाइते हुनेमा सर्वसाधारण र केही प्रहरी रहेका छन् । हनुमान जयन्ती मनाउन भेला भएकाहरुबीच ढुंगा प्रहार भएपछि झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै कयौं सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । झडपमा सवारी साधनहरुमा आगजनी गर्नुका साथै भौतिक सम्पतीमासमेत क्षति पुर्याइएको छ ।

हाल सो क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतवार ०८:४१