सूचनाको शक्ति - The Power Of Information

        

सत्यमोहन जोशी अस्पताल भर्ना

 संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।

मुत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएकोले उहाँलाई किस्ट मेडिकल अस्पताल ललितपुरमा भर्ना गरिएको हो । यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि जोशी एक हप्ताको उपचारपछि फागुन दुई गते डिस्चार्ज हुनुभएको थियो ।

उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । जोशी आउँदो वैशाख ३० गते उमेरले १ सय ३ वर्ष पुग्दै हुनुहुन्छ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १२:१२