सूचनाको शक्ति - The Power Of Information

        

पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक  बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शनिबार दिउँसो भने देशको पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली  रहनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।

देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। शनिबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ११:२६